समाचार
विरुवा गाउँपालिकाको संक्षिप्त परिचय
विरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जाबजारबाट दक्षिण पूर्वमा पर्दछ। नेपाल सरकारको मिति २०७३/११/२७को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलकाअन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९, राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन्।जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र विरुवा वजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।
भौगोलिक अवस्थिति :
पुर्व : हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका ।
पश्चिम : भिरकोट नगरपालिका र वालिङ नगरपालिका ।
उत्तर : पुतलीबजार नगरपालिका ।
दक्षिण: चापाकोट नगरपालिका र हरिनास गाउँपालिका ।
जनसंख्या :नयाँ संरचना अनुसार विरुवा गाउँपालिकामा २०७८ को जनगणना अनुसार १४००१ जनाको बसोबास रहेको छ (पुरुषः ६५१९ र महिलाः ७४१०) ।
घरपरिवार संख्या : ३९५४ (राष्ट्रिय जनगणना २०७८ अनुसार)
क्षेत्रफल :नयाँ संरचना अनुसार विरुवा गाउँपालिकाको कुल क्षेत्रफल ९५.७९ वर्ग किलोमिटर रहेको छ ।
विद्यालय :मा.वि.:९, आधारभूत विद्यालय (१-५):१७, आधारभूत विद्यालय (१-८): ८, निजी विद्यालय:२,क्याम्पस:१,सामुदायिक बाल विकास केन्द्र:२
Audio Notice Board No. : 1618061620914
सेवाहरु


१.सम्बन्धित वडा कार्यालयबाट योजना सम्झौताको सिफारिस पत्र
२.उपभोक्ता समिति गठनको माईनुटको प्रतिलिपि
३.गाउँपालिकामा दर्ता गरेको उपभोक्ता समितिको दर्ता नं
४.योजनाको नाममा बनाईएको छाप
५.प्राविधिकबाट गरिएको लागत ईस्टिमेट
६.उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि
७.योजना सम्झौताको लागि लिखित निवेदन
८.योजनाको नाममा खोलिएको खाता नं ।


१.नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
२.जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३.जग्गाको कित्ता नं देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
४.कित्ताकाट भएको भए सो को प्रमाणित फाईल नक्सा कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्पुटरकृत गरिएको घरको डिजाईन नक्सा
५.तला थपको लागी भए पहिले नक्सा पास भएको घरको डिजाईन नक्सा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
६.नक्सा तयार गर्ने प्राविधिकको यस गाउँपालिकामा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
७.नक्सा पास फाराम राजस्व प्रशासनबाट खरिद गर्नु पर्ने
८.गत वर्षसम्म गाउँपालिकालाई कर बुझाएको प्रमाण


१.दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.कुने एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा
३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुवै जनाको हालै खिचेको ३५/३५ मि.मि. साईजको फोटो ।


१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाई सराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।


१.बाबु वा आमाको नागरिकताको प्रतिलिपि
२.स्वास्थ्य संस्था /अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
३.घरमा जन्मेको भएको भए पछिल्लो खोप दिएको प्रमाण
४.विदेशी भएमा बाबु आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित वडामा बसोबास रहेको प्रमाण
५.बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।


१.मृतकको नागरिकता प्रमाणको प्रतिलिपि (नागरिकता बनेको भएमा) ।
२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण ।