FAQs Complain Problems

स्थानीय तहहरूमा सञ्चालन भैरहेको मतदाता नामावली संकलन कार्य थप ३ दिनका लागि थप गरिएको सम्बन्धमा निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति

निर्वाचन आयोगको निर्णयानुसार सबै स्थानीय तहहरूमा यही श्रावण १६ गतेदेखि ३२ गतेसम्मका लागि सञ्चालित फोटो सहितको मतदाता नामावली संकलन तथा त्रूटी सच्च्याउने कार्य थप ३ दिनका लागि थप गरिएको सम्बन्धमा निर्वाचन आयोगले मिति २०७४ साल श्रावण ३१ गते विज्ञप्ति जारी गरी जानकारी गराएको छ । अव मतदाता नामावली संकलन कार्य भाद्र ३ गते सम्मका लागि सबै स्थानीय तहहरूमा सञ्चालन हुनेछ ।

आर्थिक वर्ष: