FAQs Complain Problems

विरुवा गाउँपालपकाको संक्षिप्त परिचय

विरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारबाट दक्षिण पूर्वमा पर्दछ । नेपाल सरकारको मितिः २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९, राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन् । जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र विरुवा वजारमा अवस्थित छ जहाँ पुग्नका लागि लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।

भौगोलिक अवस्थिति : पुर्व : हरिनास गाउँपालिका  र तनहुँ जिल्ला                        

                                पश्चिम : भिरकोट नगरपालिका र वालिङ नगरपालिका

                                उत्तर : पुतलीबजार नगरपालिका

                                दक्षिण : चापाकोट नगरपालिका र हरिनास गाउँपालिका

जनसंख्या                 : नयाँ संरचना अनुसार विरुवा गाउँपालिकामा २०६८ को जनगणना  अनुसार १८४१३ जनाको बसोबास रहेको छ  भने घरधुरी सर्वेक्षण २०७४ अनुसार २५१७९  रहेको छ (पुरुष १२२३२ र महिला १२९४७) ।

 क्षेत्रफल                    : नयाँ संरचना अनुसार विरुवा गाउँपालिकाको कुल क्षेत्रफल

                                  ९५.७९ वर्ग किलोमिटर रहेको छ ।